सतरञ्जमा सशक्त सम्पदा

काठमाडौं । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक हुने नेपाली वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आफ्नो पतिको हत्याको बद्ला लिन कलाकार सम्पदा बानियाँले गरेको संघर्षलाई देखाइएको छ । तर वास्तविकता त्यो हो वा होइन भन्ने थाहा पाउन सिरिज नै हेर्नुपर्ने हुन्छ ।

एनबी महर्जन र उनको टिमले निर्माण गरेको सिरिजमा महर्जनकै निर्देशन छ । सिरिजमा सम्पदा बानियाँ, दिवस धिताल, सुशील पोखरेल, धु्रव कोइराला, विशाल पहाडी, अनिता के.सी., गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनु बिसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जीको अभिनय छ । सिरिजका लेखक मौनता श्रेष्ठ हुन् ।

प्रज्ज्वल राउत गोकुुलको छायांकन रहेको सिरिजमा विश्व माझीको मुख्य सहायक निर्देशन, शंकर महर्जनको द्वन्द्ध, संजोग रानाको सहायक निर्देशन, सत्यम राना र वसन्त घर्ती मगरको भीएफएक्स र सुवास देवकोटाको सम्पादन छ ।