२० वर्षपछि नयाँ भर्सनमा कुनै जादु

काठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले २० वर्षअघिको आफ्नो गीत ‘कुनै जादु’लाई नयाँ भर्सनमा सार्वजनिक गरेको छ । अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर पियानो बजाउँदै यो गीत गाएको भिडियो युट्युबमार्पmत सार्वजनिक गरेका हुन् । यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो ।

प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत छन्। उनको दाजुभाई नै संगीतकर्मी हुन् । उनका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन् । द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी वादन गर्दै आएका छन् । २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन् । सगीत पनि प्रइनको हो।

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो। व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो ।

व्याण्डले सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्यायो । व्याण्डका ड्रमर कामना न्यूज पब्लिकेसन्स्का सिइओ र प्रबन्ध सम्पादक दीरेकलाल श्रेष्ठ हुन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन् । त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित छन् ।