क्वारेन्टाइन ब्यारेकमा दिन बिताउदै रिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूत निधनसँग जोडिएको लागु औषध मामलामा पक्राउ परेकी रिया चक्रवर्तीलाई मुम्बईको भायखला महिला जेलमा सारिएको छ । जेलको नियम अनुसार नयाँ कैदीलाई अस्थायी रुपमा जुन ब्यारेक दिइन्छ, त्यसलाई क्वारेन्टाइन ब्यारेक भनिन्छ । यदी रियाले जमानत पाइनन् भने उनलाई स्थायी ब्यारेक दिइनेछ ।

यस्तो ब्यारेक १० बाइ १० देखि अधिकतम १५ सम्मको हुन्छ । जसमा अट्याच बाथरुम हुन्छ । मग वा माटोको भाडामा पानीको व्यवस्था गरिएको छ । कोठामा एक सिलिङ फ्यान पनि हुन्छ । ब्यारेकमा एउटा तौलिया, एउटा चटाइ, त्यसमा बिछ्याउनका लागि एक बिस्तर, ओढ्नेका लागि एक सिरक हुन्छ ।

कैदीले आफैं जमिनमा ओछ्याउन लगाउनुपर्ने हुन्छ । कैदीलाई जहिल्यै जेलकै खाना मिल्छ । तर विचाराधिन कैदीलाई घरकै खाना मिल्छ । एनसीबीको हिरासतमा पनि रियालाई यही व्यवस्था थियो ।