अक्षयको टाउकोमा १५ सय करोडको दाउ

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीले बलिउड फिल्म उद्योगलाई सिथिल बनाएको छ । पछिल्लो ५ महिनामा एउटा पनि बलिउड फिल्मले थिएटरको आँगनसम्म प्रवेश पाएन । जसकारण शो व्यापारलाई करोडौं रुपैंयाँ घाटा लागेको छ । आगामी दिनमा यो घाटा कतिसम्म जान्छ भन्ने अनुमान लगाउन सकिएको छैन ।
व्यापार विश्लेषकहरुका अनुसार थिएटर खुले पनि दर्शकहरु थिएटरसम्म जान डराउनेछन्, जसकारण फिल्म दर्शकबाट प्राप्त आशा पनि तुहिने निश्चित छ ।

यस्तो अवस्थामा जोकोहीको ध्यान ठूला स्टारमा परेको छ । किनकी ए ग्रेडका कलाकारले मात्र दर्शकलाई थिएटरमा ल्याउन सक्ने उनीहरुको विश्वास छ । यसमा अहिले अक्षय कुमार प्रमुख छन् । जसमाथि बलिउडले झन्डै १५ सय करोडको दाउ लगाएको छ । अक्षयसँग ठूला ८ प्रोजेक्ट छन्, जुन यसअघि नै घोषणा भइसकेको छ । यसमा केही पुरा भइसकेका छन्, भने केही तयारीमा छन् ।

अक्षय कुमारको रिलिज हुने तयारीमा रहेको फिल्म ‘लक्ष्मी बम’ तमिल फिल्म ‘कंचना’को आधिकारिक रिमेक हा । जसमा अक्षय कियारा आडवाणीको पनि अभिनय छ । यो फिल्मलाई कोरोना भाइरसका कारण निर्माताले ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिजको योजना बनाइरहेका छन् । जसको घोषणा पनि भइसकेको छ ।अक्षय कुमार र कटरीना कैफको आउन लागेको फिल्म ‘सूर्यवंशी’ निर्देशक रोहित सेठ्ठीको कप युनिसर्भको हिस्सा हो । यो फिल्म २४ मार्च २०२० मा रिलिज हुने तयारीमा थियो, तर कोरोना भाइरसको महामारीका कारण हालसम्म रिलिज हुन पाएको छैन । यशराज व्यानर अन्तर्गत बनिरहेको फिल्म ‘पृथ्वीराज’ एक पिरियड ड्रामा हो । फिल्ममा अक्षय राजस्थानको शूरवीर योद्धा पृथ्वीराज चौहानको भूमिकामा देखिँदैछन् । फिल्ममा मानुषी छिल्लरको डेब्यू अभिनय छ ।

अक्षय कुमार हालका दिन आफ्नो नयाँ फिल्म ‘बेल बटम’को स्कटल्याण्डमा सुटिङ गरिरहेका छन् । फिल्ममा वाणी कपूर, लारा दत्ता, कृति कुल्हारी र हुमा कुरैशी जस्ता कलाकारको अभिनय छ । फिल्ममा अक्षय एक जासूसको भूमिकामा देखिँदैछन् । निर्देशक आनन्द एल रायको निर्देशनमा बनिरहेको फिल्म ‘अतरंगी रे’मा अक्षय कुमारका साथ सारा अली खान र धनुष पनि देखिँदैछन् ।

निर्देशक साजिद नाडियाडवालाको व्यानरमा बनिरहेको फिल्म ‘बच्चन पाण्डे’ एक दक्षिण भारतीय फिल्मको रिमेक हा । जसमा अक्षय कुमार एक राउडी मानिसको भूमिकामा छन् । फिल्ममा कृति सेननको पनि अभिनय रहनेछ । अक्षयले केही समय अघि मात्र ‘रक्षा बन्धन’को घोषणा गरेका थिए । जुन पारिवारिक कथाको हुनेछ । फिल्ममा अक्षय दाजुभाइ र दिदीबहिनीको कथालाई दर्शकमाझ प्रस्तुत गर्नेछन् । अक्षय कुमार ‘द एण्ड’ नामको वेब सिरिज पनि ल्याउदैछन् ।