हिरासतमा रहेकी रियालाई अभिनयको अफर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती लगातार चर्चामा आइरहेकी छन् । हालै मात्र प्रहरीको गिरफ्तारीमा परेपछि रियाको समर्थनमा बलिउडका स्टारहरु आइरहेका छन् । अब यी सबका बीच बलिउड निर्देशक निखिल द्विवेदीले रियाको विषयलाई लिएर सामाजिक सन्जालमा एक पोस्ट गरेका छन् । जुत पोस्ट सामाजिक सन्जालमा भाइरल भएसँगै विभिन्न प्रतिक्रियाहरु पनि आइरहेका छन् ।

‘म तिमीलाई चिन्दिनँ रिया । मलाई यो कुरा पनि थाहा छैन कि तिमी कस्तो मान्छे हौ । जस्तो देखाइएको छ, सायद तिमी त्यति खराब छौ या छैनौ । तर मलाई थाहा छ कि जे भइरहेको छ तिमीमाथि अन्याय भइरहेको छ । यो गैर कानूनी हो । कुनै सभ्य देशका लागि यो असभ्य काम हो । जब यो सबै सकिन्छ, म तिमीसँग काम गर्न चाहन्छु’, उनले लेखेका छन्, ‘के अदालतले रिया चक्रवर्तीलाई दोषी भनेको छ ? यदी उनलाई अदालतले दोषी ठहराएको भए पनि म रिया सुध्रिनेमा आशावादी छु । यदि रिया आफैंमा सुधार ल्याउदिनन् भने मैले जो घोषणा गरेको छु, त्यो फिर्ता लिनेछु । तर त्यो भन्दा अघि जनता र मिडियालाई आफ्नो निर्णय सुन्नु हुँदैन ।’

निखिलले आफूले लागु औषध प्रयोगकर्ता र त्यसको सप्लाई गर्नेको समर्थन नगरेको दाबी गरेका छन् । निखिलको यो ट्वीटमा सुशान्तका फ्यानहरुले आक्रोश व्यक्त गरेका छन् ।