टिकटक गीतमा टिकटक कलाकार

काठमाडौं । गायक अभनिस भट्टराई र गायिका नेहा शर्माको स्वरमा रहेको ‘टिकटकमा हेरेर फलो गर न’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा टिकटकमा सक्रिय र राम्रो फलोवर्स भएका स्रिजन भट्टराई (काकु), पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ (ड्यामेज), सुष्मा सुबेदी फिचर्ड छन् ।

गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी छ ।

भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, विकाश ज्ञवालीको सम्पादन तथा कलर करेक्सन छ । भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो ।