देवी र अनुषको रुने मन

काठमाडौं । गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको स्वर रहेको ‘रुने मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा माया र प्रेममा धोका पाएका जोडीको पीडालाई समावेश गरिएको छ । गीतमा रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ ।

भिडियोमा विमल अधिकारी, रञ्जिता गुरुङ र शम्भु पोखरेलको अभिनय छ । दुर्गा पौडेलको छायांकन र दिपक विष्टको सम्पादन रहेको भिडियोमा काजिश श्रेष्ठको निर्देशन छ ।