ए आर रहमानलाई कर छलीको आरोप

मुम्बई(एजेन्सी) । ओस्कार अवार्ड विजेता संगीतकार ए आर रहमानका विरुद्ध कर छलीको आरोपमा आयकर विभागले मद्रास हाई कोर्टको ढोका ढकढकाएको छ । रहमान माथि उनले आफ्नो ट्रस्ट ए आर रहमान ट्रस्को तीन करोड रुपैंयाँ अनुदान दिएको हो या अनुदान करबाट जोगिनका लागि दिइएको हो भन्ने विभागले प्रश्न उठाएको छ ।

विभागको निवेदनमा सुनुवाई गर्दै न्यायधीस पीएस शिवज्ञानम र वी भारतको खण्डपीठले संगीतकार रहमानका विरुद्ध सूचना जारी गरेको छ । आयकर विभागका वकिल डीआर सेन्थिल कुमारका अनुसार संगीतकार रहमानलाई इंग्ल्याण्डस्थित लिब्रा मोबाइलका साथ सम्झौता गर्नका लागि ३ दशमलब ४७ करोड रुपैंयाँ सन् २०११–१२ मा दिइएको थियो । यो सम्झौता अनुसार तीन वर्षका लागि रहमानले कम्पनीको लागि विशेष किसिमको कलर ट्युन बनाउन भनिएको थियो ।

रहमानले यो कामवापतको रकम उनको ट्रस्टमा सिधा रुपमा दिन कम्पनीलाई भनेका थिए । जबकी नियम अनुसार रकम रहमानले आफैं पाउनुपर्ने थियो र त्यसवापतको कर तिरेपछि मात्र त्यो रकम ट्रस्टमा दिनुपथ्र्यो । तर उनले यो प्रक्रिया अपनाएनन् ।