प्रमोदको गीतमा पुष्प र गरिमाको रोमान्स

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नवराज न्यौपानेको शब्द र संगीत तथा कर्साङ लामाको एरेन्ज छ । भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा अभिनेता पुष्प खड्का र टिकटक कलाकार गरिमा शर्मा फिचर्ड छन् । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा निसल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।