प्रेममा उदासीबाट प्यासी भए थिरज

काठमाडौं । गायक थिरज राईको नयाँ गीत ‘उदासी बनुँला भन्थें’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा घनश्याम राईको शब्द तथा थिरजकै संगीत र एरेन्ज छ । गीतमा एसबी मुस्कानको रेकर्डिङ, किशोर थापाको मिक्सिङ छ ।

भिडियोमा जोन पुलामी मगर, अनिता थापा, अंशु गर्बुजा, अशोक लिम्बु, समय राई, एन्जोलिना मगर, रिचा राना मगर, भियान रेग्मी मगर फिचर्ड छन् ।

भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी, यमुना पौडेलको मेकअप, डम्बर राईको छायांकन, बिबी लिम्बुको सम्पादन र प्रकाश लिम्बुको निर्देशन छ ।