सलमानको पारिश्रमिक सय करोड

मुम्बई(एजेन्सी) । आउँदो वर्ष अर्थात् सन् २०२१ मा सलमान खानका कैयौं फिल्म रिलिज हुँदैछन् । सलमान यो वर्षमा फ्यानका लागि विशेष उपहार लिएर आउँदैछन् । किनकी यो वर्ष दर्शकमाझ उनको फिल्म ‘एक था टाइगर’को तेस्रो भाग लिएर आउदैछन् । फिल्मको प्रमुख भूमिकामा सलमानसँग अभिनेत्री कटरीना कैफ हुनेछिन् ।

समाचार अनुसार फिल्म ‘टाइगर ३’को प्रोडक्सन खर्च २ सय करोडदेखि २ सय ५० करोड हुँदैछ । जुन आजसम्म कुनै पनि बलिउडको हिन्दी फिल्मका लागि यो सबैभन्दा ठूलो बजेट हो । फिल्मको प्रमोशन र प्रचारप्रसारका लागि २० देखि २५ करोड खर्च गरिनेछ ।

फिल्मका लागि सलमानको पारिश्रमिक सय करोड छ । सन् २०१७ मा रिलिज फिल्म ‘टाइगर जिन्दा हे’ ४ सय करोड क्लबमा सामेल भएपछि सर्वाधिक कमाउने फिल्ममा यो पनि परेको थियो ।