प्रतिक्रियाविहिन छन् रियाका परिवार र आफन्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री रिया चक्रवर्ती अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामलामा लागु औषधको कोणबाट शंकाको घेरामा परेपछि उनलाई पक्राउ गरेर १४ दिनसम्म जेलमा राखिएको छ । एनसीबीले गरेको लामो अनुसन्धान पछि रियासहित उनका भाइ शोविकलाई पनि लागु औषधको मामलामा गिरफ्तार गरिएको हो । यो खबरले रियाको परिवार त दुःखी छन् नै उनको गाउँका मानिसहरु पनि चकित छन् ।

रियाका आफन्त तथा परिवार रियाको गिरफ्तारीको विषयमा कुरा गर्न चाहदैनन् । तर उनीहरुका छिमेकीले भने आफुहरु चकित परेको बताएका छन् । रियाको मूल घर पश्चिम बंगालको पुरुलियास्थित बाघमुण्डीको तुनतुरी इलाकामा छ । यो गाउँका पूर्व सांसद सदस्यका अनुसार रियाका हजुरबुवा दीवान झारखण्डको कोलमाइन कम्पनीका ठूला कर्मचारी थिए । तर रियाको विषयमा परिवारका कोही सदस्यले पनि मिडियासँग प्रतिक्रिया दिन चाहेका छैनन् ।

सुशान्त मामलामा रियाको नाम अगाडि आएपछि परिवार तथा आफन्त चकितसँगै रिसाएका छन् । गाउँका मानिसहरु पनि यो घटनालाई स्वीकार गर्न सकेका छैनन् । परिवारका कोही पनि सदस्य यो विवादास्पद विषयमा बोल्न चाहेका छैनन् ।