वर्षालाई पलको पर्ख तिमीलाई

काठमाडौं । गायक किशोर शिवाकोटीको नयाँ गीत ‘पर्ख तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । ‘गुडी जाने रेल’, ‘आमा तिमी कहाँ छौ’, ‘गुराँश फुल्यो वनैमा’लगायतका गीतका सर्जकको नयाँ गीतमा स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारीको शब्द छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । हाल अमेरिकामा रहेका गायक शिवाकोटी उतै नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

‘पर्ख तिमीलाई’मा सुबोल थापाको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ ।