गायिका अनुराधा पौडवाललाई पुत्र शोक

मुम्बई(एजेन्सी) । बलिउडकी प्रख्यात गायिका अनुराधा पौडवालको छोरोको निधन भएको छ । उनको ३५ वर्षे छोरा आदित्यको निधन भएको हो । आदित्य विगत लामा समयदेखि किड्नीको समस्याले ग्रस्त थिए ।

आदित्य आमा अनुराधाको पाइला पछ्याउदै यात्रा गरिरहेका थिए । उनले भजन र भक्ति गीत गाएका थिए । आदित्य आफैमा राम्रा संगीतकार पनि थिए । ‘लिम्का बुक अफ रेकर्डस्’ मा आदित्यको नाम सबैभन्दा कम उमेरका संगीतकारको विधामा समावेश छ ।