सहिमाले भेटिन् एउटा साथी

काठमाडौ । गायिका सहिमा श्रेष्ठको नयाँ गीत ‘मेरो एउटा साथी’को भिडियो सार्वजनिक भएको छ । किरण केसी(क्रोध)को शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा सञ्जय राजविक्रम र गायिका सहिमा फिचर्ड छन् । सिर्जन बरालले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन र अमृत चापागाईंको सम्पादन छ । भिडियो आहा टिभीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।