कोरोना संक्रमित मलाइकालाई जवानीको चिन्ता

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री तथा फिटनेस फ्रिक मलाइका अरोडा यतिबेला सेल्फ क्वारेन्टाइनमा छिन् । आफूमा कोरोना संक्रमणको लक्षण देखिएपछि उनी चिकित्सकको सल्लाहमा सेल्फ क्वारेन्टाइनमा बसेकी हुन् । क्वारेन्टाइनमा बसे पनि सामाजिक सन्जालमा उनको सक्रियता घटेको छैन ।

मलाइकाले हालै पोस्ट गरेको एक स्टाटस सामाजिक सन्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो इन्स्टाग्राममा ‘केही भ्याक्सिन बनाइदेउ भाइ, नत्र त जवानी जानेछ’ भन्दै लेखेकी छन् । उनको यो लेखाईले पनि उनी सेल्फ आइशोलेसनमा दिक्क मानिरहेको प्रष्ट बुझ्न सकिन्छ । मलाइकाले यो पोस्ट रमाइलोको लागि लेखे पनि पोस्टले चर्चा पाइरहेको छ ।

मलाइका अघि उनका अभिनेता प्रेमी अर्जुन कपूरलाई कोरोना पोजेटिभ भएको थियो । अर्जुनले सामाजिक सन्जालमार्फत नै आफू कोरोना पोजेटिभ भएको बताएका थिए । उनी पनि यो समयमा होम क्वारेन्टाइनमा छन् ।