मदहोश गीतमा दीपेन्द्र र प्रियंका

काठमाडौं । डीएस डिजिटल सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘मदहोश’को गीत ‘ए गगन रुक जा पवन’ भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका नित्या शिवा र गायक बाबुल गिरीको स्वर छ । बाबुलकै संगीत रहेको गीतमा शंकर अधिकारी घायलको शब्द छ ।

गीतमा दीपेन्द्र कोइराला र प्रियंका अधिकारी फिचर्ड छन् । फिल्ममा विक्रम काकीको छायांकन, विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य छ । फिल्मका लेखक तथा निर्देशक शंकर अधिकारी घायल हुन् ।