काठमाडौं । एक नेपाली युवा डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघुचलचित्र ‘रगत’ सार्वजनिक भएको छ । सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको यो सर्ट फिल्म नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता २०७६’ मा दोस्रो भएको थियो । फिल्म नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ ।
फिल्ममा रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा संकल भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ । विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।
निर्देशक बस्नेतले नेपाली सेनाले गरेको काम र नेपाली सेना प्रति आम नागरिकको सकारात्मक सोच बिकास गर्नका लागि डिभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको बताए । उनले यो भन्दा अघि लकडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामको दुई वटा लघु फिल्म बनाइसकेका छन् । ‘रगत’ पुकार टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।