मुम्बई(एजेन्सी) । बलिउडमा आफ्नो मनपर्ने कलाकारलाई रोल मोडलका रुपमा मानिन्छ । तर कमैलाई थाहा होला, यी कलाकारको सुटिङका बेला अनौठा सर्त हुन्छन् । यो सर्त उनीहरुले फिल्मको सम्झौता गर्दा नै राखेका हुन्छन् । अभिनेता सलमान खानदेखि अभिनेत्री कंगना रनावतसम्मका सर्त अनौठा किसिमका छन् । अभिनेता सलमान बलिउडको सबैभन्दा ठूलो नाममध्ये एक हुन् । उद्योगका यी स्टारसँग काम गर्नका लागि निर्माता तथा निर्देशकहरु जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन् । सलमान फिल्ममा साइन गर्नु अघि फिल्ममा अनस्क्रिन किसिङ र इन्टीमेट दृश्य नगर्ने सर्त राख्छन् । त्यहीकारण पनि उनले अभिनय गरेका जुनसुकै फिल्ममा यस्ता दृश्य देख्न पाइँदैन ।
अभिनेत्री कंगना रनावत अभिनय गर्न खप्पिस बलिउडकी अभिनेत्रीमा पर्दछन् । उनलाई फिल्ममा लिन त्यति सजिलो छैन । उनी जहिल्यै एक निजी सहायक राख्छिन् । जसले उनको सबै आवश्यक कुराको ध्यान दिन सकोस् । त्यहीकारण पनि फिल्ममा हस्ताक्षर गर्नुअघि कंगनाले यो सर्तलाई अगाडि सार्छिन् । ऋतिक रोशन एक प्रतिभाशाली र हेण्डसम अभिनेतामध्ये एक हुन् । उनको मिलेको शरीरका कारण जोकोही युवती पनि कायल हुन्छन् । त्यहीकारण उनी फिल्ममा साइन गर्नु अघि राम्रो जिमको सर्त गर्दछन् । जसकारण उनी आफ्नो फिटनेसलाई तन्दुरुस्त राख्न सकुन । उनको व्यक्तिगत सेफ पनि छ, जो ऋतिकसँग सुटिङ हुँदा हिँड्छन् ।
बलिउड अभिनेत्री करिना कपूर खानको सर्त अझ अनौठो छ । उनी कुनै पनि फिल्ममा ए ग्रेडको अभिनेतासँग रोमान्स गर्न चाहिन्छन् । त्यसैले कुनै पनि फिल्मको सम्झौता गर्दा फिल्ममा ए ग्रेडको कलाकार छ या छैन बुझ्छिन् अनि सम्झौता गर्छिन् । अभिनेता अक्षय कुमारलाई जीवनमा आरामको महत्व के हो भन्ने राम्ररी थाहा छ । त्यहीकारण उनी हरेक आइतबार एक दिनको बिदाको सर्त राख्दछन् । ताकि उनी आफू आराम गर्न सकुन् र परिवारलाई केही समय दिन सकुन् । अभिनेता आमिर खान बलिउडका ठूला परफेक्शनिस्ट हुन् । आमिर कुनै पनि लो एंगल सर्टलाई अनुमति दिँदैनन् । किनकी सर्ट एंगलबाट खिचिँदा उनी लजाउछन् ।
अभिनेत्री रेखा एकताका बलिउडकी प्रख्यात अभिनेत्री थिइन् । रेखामा त्यो आकर्षण छ, जुन अन्य अभिनेत्रीमा छैन । त्यहीकारण उनी आफ्नो भूमिकालाई सही रुपमा देखाउन चाहन्छिन् । अर्थात् उनी जुन भूमिका चाहन्छिन्, त्यस्तै देखाइयो भन्ने उनको इच्छा हुन्छ । सन् २०१६ मा फिल्म ‘फितूर’ को सुटिङ करिब सकिएको थियो । तर रेखालाई आफ्नो भूमिका मनपरेन । त्यसकारण यस्तो भूमिका स्क्रिनमा देखाउनु हुँदैन भनेर निर्देशकसँग अडान लिइन् । अभिनेता अक्षय खन्ना लामो समयदेखि स्क्रिनमा देखिएका छैनन् । फिल्ममा भिलेनको भूमिकामा अभिनय गर्दा उनले आफू अभिनेताबाट नकुटियोस् भन्ने सर्त राख्छन् ।