पूर्वेली भाकामा ओठमा लाली

काठमाडौं । गायक राजेशपायल राई र गायिका भीमा राईको स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को भिडियो सार्वजनिक भएको छ । गीतमा उमेशराज खड्काको शब्द र संगीत तथा विक्रम कार्कीको संगीत संयोजन छ ।

भिडियोमा दिपेश राई, भीमा राई र बिष्णु मगर फिचर्ड छन् । मणी राईको कोरियोग्राफी रहेको भिडियोमा नितेश लामा (नियोन) को छायांकन तथा सम्पादन छ । देवान के राई र मन्जु राई निर्माता रहेको भिडियोमा चक्र पुलामीको निर्देशन छ ।