लसएन्जल्स(एजेन्सी) । ओस्कार अवार्ड विजेता फिल्म ‘फरेष्ट गम्प’का लेखक विन्स्टन ग्रुमको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा निधन भएको हो । विन्स्टनले कैयौं राम्रा उपन्यास लेखेका छन्, जसलाई पाठकलै निकै सराहना पनि गरेका छन् । उनको उपन्यास ‘फरेस्ट गम्प’माथि सन् १९९४ मा फिल्म ‘फरेस्ट गम्प’ नै बनेको थियो । यो फिल्ममा टम हेङ्क्स प्रमुख भूमिकामा थिए । फिल्मले ६ वटा ओस्कार अवार्ड जितेको थियो ।
विन्स्टनको निधनको जानकारी अल्बामाको गभर्नर काय इवेले सामाजिक सन्जालमामार्फत दिएका हुन् । उनले ट्वीटरमा ‘यो कुराको जानकारी दिएर दुःखित छु कि अल्बामाले आफ्नो सानदार लेखकलाई गुमाएको छ । उनलाई फरेष्ट गम्पका लागि सदा सम्झिइनेछ । विन्स्टन ग्रुम अमेरिकी इतिहासका सानदार लेखक र पत्रकार थिए । उनको परिवार तथा आफन्तप्रति समवेदना’ भन्दै लेखेका छन् ।
विन्स्टनले सन् १९६५ मा अल्बामा युनिभर्सिटीबाट ग्राजुएसन गरेका हुन् । उनको विश्वविद्यालयका अनुसार विन्स्टन सन् १९६५ देखि १९६९ सम्म सेनाको चौथो इन्फ्रेक्ट्री डिभिजनका हिस्सा थिए । यही बेला उनले भियतनामका लागि आफ्नो सेवा दिएका थिए । उनले आफ्नो जीवनमा करिब १६ वटा पुस्तक लेखेका थिए । उनको पुस्तक ‘कन्भर्सेशन विथ दी एनमी’ निकै चर्चित किताबमा पर्दछ ।