गीतमा म त बाग्लुङ तिमी पाल्पाको

काठमाडौं । गायक रामजी खाँण र गायिका प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द, राजकुमार बगरको संगीत र कमल सौरागको एरेञ्ज छ ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सुनील क्षेत्री र रेणु पुन फिचर्ड छन् । करन चैसिरको छायांँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ । आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माण गरेका हुन् ।