मुम्बई(एजेन्सी) । टेलिभिजन स्टार रोनित रोयले अभिनयमा आउनु अघि आफू अभिनेता आमिर खानको बडीगार्ड रहेको खुलासा गरेका छन् । अनुराग कश्यपको फिल्म ‘उडान’मा अभिनय गरेका उनले एक अन्तरवार्ताका बेला यो कुराको खुलासा गरेका हुन् ।
‘मैले दुई वर्षसम्म आमिरको बडीगार्डका रुपमा काम गरें । म उनीसँगै कैयौं समय सँगै थिएँ । म यो विषयमा अहिले कुरा गर्न चाहन्नँ, किनकी उनलाई म प्रचारका लागि म उनको नाम लिइरहेको छु जस्तो लाग्न सक्छ’, रोनितले भनेका छन्, ‘तर ती दुई वर्ष मेरा लागि मूल्यवान समय थियो । आमिर खान आफ्नो कामका लागि लिएर निकै मेहनत गर्छन् ।’
उनले आफू स्टार चाहेकैले अभिनेता बनेको बताए । ‘मेरो ठूलो गाडी होस्, युवतीहरु मेरो नाम लिएर कराऊन भन्ने चाहन्थें । यद्यपि मैले ६–७ वर्ष काम गरिनँ । त्यो समयमा मैले अभिनेता हुन स्टारडमको कुनै सम्बन्ध हुँदैन भनेर थाहा पाएँ’, उनले भनेका छन्, ‘भाग्यले मैले आमिर खानसँग दुई वर्ष काम गरें । म उनको बडीगार्ड थिएँ । म बेरोजगार भएकाले आफ्नो कम्पनी शुरु गरेको थिएँ । भाग्यले आमिरसँग समय बिताउन पाएँ । कामप्रति लगातार मेहनत किन हुन्छ भन्ने कुरा सिकें । आमिरले मेरा लागि ढोका खोलिदिए,’ उनले भनेका छन् ।