६ महिने बालकको वाटर स्कीइङ

न्यूयोर्क(एजेन्सी) । अमेरिकाको उटाहमा बस्ने एक ६ महिना बालकको वाटर स्कीइङको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । इन्स्टाग्राममा बालकको आमाबाबुले अपलोड गर्दै आफ्नो छोराले सबैभन्दा कम उमेरमा स्कीइङको विश्व रेकर्ड राखेको दाबी गरेका छन् । यो विषयमा सामाजिक सन्जालमा बहस शुरु भएको छ ।

भिडियोमा बच्चा डुंगामा राखिएको सेफ्टी आइरन रडलाई दह्रो समातिरहेका छन् । बच्चाले लाइफ ज्याकेट पनि लगाएका छन् । अर्को डुंगामा बच्चाका पिता छन् । जसले बच्चालाई हेरिरहेका छन् ।

 

View this post on Instagram

 

अमेरिका के उटाह के रहने वाले 6 महीने के एक बच्चे का वाटर स्कीइंग करता एक वीडियो वायरल हो रहा है. इंस्टाग्राम (@richcaseyhumpherys) पर बच्चे के माता-पिता के द्वारा अपलोड किए गए वीडियो के साथ दावा किया गया है कि यह विश्व रिकॉर्ड है. सबसे कम उम्र में स्कीइंग करने का विश्व रिकॉर्ड. हालांकि इसे लेकर सोशल मीडिया पर बहस शुरू हो गई है.⠀ ⠀ •⠀ •⠀ •⠀ abplive.com⠀ •⠀ •⠀ •⠀ •⠀ •⠀ ⠀ #WaterSkiing #WorldRecord #BabyVideos #Utah #USA #VideoGram #ViralVideo #VideoOfTheDay #Hindi #HindiNews #ABPNews

A post shared by ABP News (@abpnewstv) on

यो भिडियोका बारेमा सामाजिक सन्जालमा किसिम किसिमका प्रतिक्रिया आइरहेका छन् । केहीले वाटर स्कीइङ गर्नका लागि बच्चाको उमेर कम भएको बताइरहेका छन् भने केहीले बच्चालाई पूर्ण सुरक्षाका साथ नदीमा उतारेको लेखेका छन् ।