पुनमलाई हनिमुनमै श्रीमानले कुटेपछि…

मुम्बई(एजेन्सी) । भारतको गोवास्थित प्रहरीले बलिउड अभिनेत्री पुनम पाण्डेका श्रीमान सेम बम्बेलाई मंगलबार पक्राउ गरेको छ । पुनमले पतिका विरुद्ध शारीरिक उत्पीडन, धम्की र मारपीटको आरोपमा प्रहरमिा उजुरी दएपछि बम्बे पक्राउ परेका हुन् ।

पुनमले आफ्नो उजुरीमा सोमबार राती पतिले आफूलाई यौन हिंसा गर्न खोजेको उल्लेख गरेकी छन् । पुनमले आफूलाई पतिले परिणाम भोग्न धम्की दिएको दाबी गरेकी छन् । यो घटना दक्षिण गोवाको कैनाकोना गाउँमा भएको थियो ।

गत हप्ता मात्र पुनम पतिका साथ हनिमुन मनाउन गएकी थिइन् । सधैं हट बनेर चर्चामा आइरहने पुनम हनिमुनमा सामान्य बनेकी थिइन् । उनको सिउँदोमा सिन्दुर, हातमा चुरा र गलामा मंगलसूत्र थियो ।  गुपचुप विवाह गरेको यो जोडीले गत सेप्टेम्बर १० मा सामाजिक सन्जालमा जानकारी दिएका थिए । ‘म तपाईंसँग सात जन्म आश लगाइरहेकी छु’ भन्दै ट्वीटेकी थिइन् ।