चिनियाँ राष्ट्रपतिलाई जोकर भन्दा १८ वर्ष जेल सजाय

बेइजिङ(एजेन्सी) । चीनका राष्ट्रपति शि जिनपिङको विरोध गर्दा एक व्यापारीले निकै महंगो सजाय पाएका छन् । चीनमा कोरोना भाइरसको महामारीलाई निर्मुल पार्न राष्ट्रपतिले गरेको कामलाई सार्वजनिक रुपमै आलोचना गर्ने सम्पदा कम्पनीका पूर्व अध्यक्ष रेन झिकियाङलाई भ्रष्टाचारको मामलामा १८ वर्षको जेल सजाय सुनाइएको छ । उनको यो सजायलाई स्वयं सरकारले नै घोषणा गरेको हो ।

रेन सेन्सरसिपसहित कैयौं मुद्धामाथि बोलेको कारण चर्चामा थिए । हालैमात्र उनको एक लेख निकै चर्चित बनेको थियो । जसमा उनले राष्ट्रपति शिमाथि महामारीबाट सही तरिकाले मुक्ति दिन नसकेको आरोप लगाइएको थियो । उनले राष्ट्रपतिलाई ‘जोकर’ सम्म भनेका थिए । यो लेखपछि उनी वेपत्ता भएका थिए ।

एक स्थानीय अदालतले रेनलाई जेल सजाय सुनाएको हो । उनलाई भ्रष्टाचार, घुसखोरी र पदको दुरुपयोगमा दोषी ठहराइएको हो ।