मृत्युअघि आमा सम्झदै जिबी चिरन

काठमाडौं । गायक बलराम विश्वकर्मा र गायिका सुनिता बुढाको स्वर रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा बलरामकै शब्द र संगीत छ भने श्यामस्वेत रसाइलीको एरेन्ज र मिक्सिङ छ ।

भिडियोमा वैदेशिक रोजगारीमा गएका एक युवाले मृत्युदण्डको सजाय पाएपछि परिवारलाई सम्झिएको कथा देखाइएको छ । भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), रश्मी भट्ट, समिक्षा पोखरेल, नेरिस्का स्थापितको प्रमुख भूमिकामा अभिनय छ ।

भिडियोमा चक्र साउद आरसी, मोहन मल्ल(रुकुमेली), समुन्द्र पौडेल, समिर विष्ट, मिलन मल्ल, अमित स्थापितलाई पनि देख्न सकिन्छ । भिडियोमा राजेश घिमिरेको छायांकन, अमृत चापागाईंको सम्पादन र सिर्जन बरालको निर्देशन छ । भिडियोका निर्माता मोहन मल्ल(रुकुमेली) हुन् ।