तीन जन्तु टिजरमा रहस्यको पोको

काठमाडौं । सन् १९३० अर्थात् वि.सं. २०३० सालमा एक गाउँको एक घरमा भएको घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । टिजरमा रहस्यमयी युवती बस्ने एक घरमा रहेका दुई चोर र दुई वाकसको विषय समेटिएको छ । तर वास्तविकता थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ ।

टिजरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई रहस्यमयी युवतीको भूमिकामा देखाइएको छ । त्यस्तै कलाकार सौगात मल्ल, रबिन तामाङ, कालु राना र अर्पण थापालाई पनि फरक लुक्समा देखाइएको छ ।

थिंक फस्ट इन्टरटेनमेन्ट, आसाप इन्टरटेनमेन्ट, एटीएफ प्रोडक्सन र जोय हाउस प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा अर्पण थापाको निर्देशन छ । फिल्ममा हरि तामाङ, सन्तोष अधिकारी र केली जोय म्याकनामाराको लगानी छ ।

रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आलोक शुक्लाको छायांकन, मनोरन्जन श्रेष्ठको रंग, नोब्ले फ्रिक्सको संगीत छ । फिल्म आगामी पौष १७ गते रिलिज हुनेछ ।