पुजासँग पलको ओई कान्छी

काठमाडौं । गायिका सुजाता केसी र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘ओई कान्छी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

भिडियोमा पल शाह र पुजा शर्मा फिचर्ड छन् । कजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, दीपक विष्टको सम्पादन र सुशील शर्माको निर्माण छ । भिडियो दि डिभाइन म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।