काठमाडौं । मंसिरको पहिलो साताबाट छायांकनमा जाने फिल्म ‘एक्का तीन’मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ । निर्माणपक्ष र सुशीलविच हालै कागजी सम्झौता भएको छ । सुशील हाल फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त छन् ।
रुपेश तामाङको निर्देशन रहने फिल्ममा पूजा शर्मा र कविता नेपाली फाइनल भइसकेका छन् । सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्म जुना फिल्मस्को व्यानरमा निर्माण हुँदैछ ।






