बेरोजगारी पीडामा कामदारको सम्मान

काठमाडौं । कोरोना महामारीका कारण समाजमा परेको बेरोजगारी प्रतिको असरलाई समेट्दै गान्धिभ प्रोडक्सन र एलएण्डएन मोडल एजेन्सीले आफ्नो तेश्रो सर्ट फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्देशक रोमियो एनके (नितिन) हुन् । उनले सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ भन्ने मुल नाराका साथ फिल्म बनाएको बताए ।

फिल्ममा गान्धिभ सुवेदी, मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा, रोमियो एनके(नितिन) र बाल कलाकार लक्ष्य कर्णको अभिनय छ । फिल्मको छायांकन र सम्पादन दीपक अधिकारीको रहेको छ भने एलिजा महर्जनले श्रृंगार गरेकी छन् ।

लकडाउन खुकुलो भएसँगै फिल्म सामाजिक दुरी कायम गर्दै ग्वार्को इमाडोलस्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट आसपास छायांकन गरिएको हो । फिल्म गान्धिभ सुवेदी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।