मुम्बई(एजेन्सी) । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार अभिनेत्री दीपिका पादुकोणसँग ६ घण्टा सोधपुछ गर्यो । एनसीबीसँगको प्रश्नोत्तरमा दीपिका तीनपटक रोएकी थिइन् । दीपिका रुन थालेपछि एनसीबीका अधिकारीहरुले इमोसनल कार्ड नखेल्न चेतावनी दिएका थिए ।
समाचार अनुसार दीपिकाको आँखामा आँशु देखेपछि एनसीबीका अधिकारीहरुले उनको हात जोडेका थिए । उनीहरुले दीपिकाको हात जोडिदिँदै इमोसनल कार्ड खेल्नुको सट्टा सबै कुरा सत्इ बताउन आग्रह गरेका थिए ।
एनसीबीको सोधपुछमा दीपिकाले ड्रग्स च्याट गर्ने गरेको कुरालाई स्वीकारेकी थिइन् । तर उनले आफूले ड्रग्स लिने गरेको कुरा भने अस्वीकार गरिन् । दीपिकाले आफ्नो समूहले विशेष किसिमको सिगरेटमार्फत लागुऔषध लिने गरेको खुलाएकी थिइन् ।
दीपिकालाई सोधपुछका लागि बिहान १० बजे बोलाइएको थियो, तर उनी १० मिनेट अघि नै पुगिन् । एनसीबीले दीपिकालाई च्याटमा प्रयोग भएको वीड र हशीश शब्दका बारे सोध्दा उनले स्पष्ट जवाफ दिन सकिनन् । उनका कैयौं जवाफमा एनसीबी अधिकारीहरु सन्तुष्ट हुन सकेनन् ।