लक्ष्मी पूजाको जिन्दगीमा निराश अस्मिता

काठमाडौं । यही दशैंमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन् ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ । भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।