लकडाउनमा कुक बने शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानले करोडौं फ्यानको हृदयमा राज गरिसकेका छन् । त्यहीकारण उनको आउने नयाँ फिल्मबारे दर्शकको चासो निकै बढी हुन्छ । कोरोना महामारीले यतिबेला भारतलाई पनि छोडेको छैन । लकडाउन हटाए पनि मानिस सामान्य जीवनमा फर्कनका लागि समयको पखाईमा छन् ।

लकडाउनको समयमा शाहरुख पनि अन्य कलाकार झैं घरमै अधिकांश समय बिताए । हालैमात्र उनकी श्रीमति गौरी खानले एक अन्तरवार्तामा शाहरुखका बारे केही नयाँ कुरा खुलाएकी छन् ।

‘निकै लामो समयपछि लकडाउनका कारण पूरा परिवार एकसाथ भेला हुन पायौं । भेला भए पनि सुहाना आफ्नो अनलाइन कक्षामै व्यस्त हुन्छिन् । आर्यनको कलेज सकिएको छ र यो समयमा उनी निकै मस्ती गरिरहेका छन् । अबरामको स्कुल शुरु भयो, त्यहीकारण उसका लागि सबै कुरा नयाँ छ । उसको उमेरको बच्चाका लागि निकै गाह्रो समय हो । हामी सबै यो अवसरको फाइदा उठाइरहेका छौं’, उनले भनेकी छन् ।

गौरीका अनुसार लकडाउनको समयमा शाहरुखले निकै खाना पकाएका थिए । ‘शाहरुख राम्रो कुक हो । कोरोना भाइरसका कारण हामीले बाहिरबाट कुनै पनि खानेकुरा अर्डर गरेनौं । शाहरुखले नै हाम्रो लागि खाना बनायो’, उनले भनेकी छन् ।