परदेशीको समाचार सुनाउदै नवीन

काठमाडौं । दशैं नजिकिएसँगै दशैंलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यही क्रममा गायिका शान्तिश्री परियार र गायक रमन रायमाझीको स्वरमा रहेको गीत ‘परदेशीको समाचार’ सार्वजनिक भएको छ । गीतमा नवीन पन्तको शब्द तथा सिद्धान्त परियारको लय छ ।

पिके इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण गरिएको भिडियोमा लक्ष्मण चौलागाईं, नवीन पन्त, कसिस दाहाल, सुनिता गौतम, करण र अनिशको अभिनय छ । भिडियोमा नरेशसिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादन छ । गीतमा चाडपर्वमा आफ्नो गाउँघर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पीडालाई दर्शाइएको छ ।

भिडियोमा रोनिस तामाङको ड्रोन, उर्मिला लामाको मेकअप छ । भिडियो फुर्सद टाइम नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा नविन पन्तकै निर्देशन छ ।