लागुऔषध मामलाले सैफ र सारामा दरार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको नाम लागुऔषध सम्बन्धमा जोडिएपछि फिल्म उद्योगमा तहल्का मच्चियो । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलामा अनुसन्धान भइरहँदा अभिनेत्री रिया चक्रवर्तीको व्हाट्स एप च्याटबाट खुलेको लागुऔषध मामलाले कैयौं सेलिब्रेटीलाई कमाइरहेको छ । यही मामलामा दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुर जस्ता अभिनेत्रीहरु नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अनुसन्धान गरिरहेको छ ।

लागुऔषधको मामलाले सारा र सैफको सम्बन्ध बिग्रिएको समाचार सार्वजनिक भएको छ । आफ्नो छोरीलाई बचाउनका लागि सैफ पछि हटेको समाचार बाहिर आएका छन् । सैफले छोरी सारालाई सहयोग गर्न अस्वीकार गरेका छन् । छोरी सारा लागुऔषध सम्बन्धमा जोडिएपछि सैफ निकै रिसाएका छन् । त्यहीकारण उनी छोरीलाई सहयोग नगर्ने सोच बनाइसकेका छन् ।

सैफले पूर्व पत्नी तथा साराकी आमा अमृता सिंहलाई पनि यो कुरा सुनाइसकेका छन् । सैफ आफ्नी गर्भवती पत्नी करीना कपूर खान र छोरा तैमूरका साथ नयाँदिल्ली पुगेका छन् । यहाँ करिना आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को छायांकनमा व्यस्त छिन् । करिनाले यहाँ फिल्मको सुटिङ गरुन्जेलसम्म सैफ सँगै रहनेछन् । सारालाई यो संकटग्रस्त समयमा उनी हजुरआमा शर्मिला टैगोरले साथ दिएकी छन् । हालसम्म एनसीबीले दीपिका, सारा र श्रद्धालाई लागु औषध मामलामा क्लिन चिट दिएको छैन ।