आँखामा आइबल ट्याटु खोप्दा…

वारसा(एजेन्सी) । आजकल टाटु खोप्नु युवापुस्ताका लागि फेसन नै बनेको छ । अहिलेको पुस्तामा एक ट्याटु एक स्टाइल बनिसकेको छ । तर कैयौं पटक ट्याटु कलाकारको एक गल्तीका कारण ट्याटु खोपाउनेलाई ठूलो क्षति पुगेको उदाहरण पनि छन् । यस्तै एउटा घटना बाहिर आएको छ, जसमा एक मोडलका लागि ट्याटु खोप्नु खतरनाक साबित भएको छ । पोल्याण्डमा बस्ने एक २५ वर्षीया मोडलका लागि आँखामा ट्याटु बनाउनु उनको जीवनकै लागि सर्वाधिक भारी बनेको छ । गलत ट्याटु बनाउँदा मोडलको आँखाको ज्योति नै गुमेको छ ।

मोडल एलेक्जेण्ड्रा सडोवस्काको एउटा आँखाको ज्योति पूर्ण रुपमा गुमेको छ । उनको दोस्रो आँखाको ज्योति पनि गुम्ने खतरामा रहेको चिकित्सकहरुले बताएका छन् । यी मोडल आर्टिस्ट पोपेकको जस्तै आइबल ट्याटु बनाउन चाहिन्थइन् । ट्याटु बनाउनका लागि उनी ट्याटु कलाकारकोमा पुगिन् । आइबल ट्याट् बनाइरहँदा ट्याटु कलाकारको एक गल्ती भयो । ट्याटु कलाकारले गलत मसीको प्रयोग गर्दै शरीर मसीको प्रयोग गरे । जसकारण मोडलको आँखामा दुखाई भयो ।

उनको आँखा निकै दुख्न थालेपछि कलाकारले मोडललाई सामान्य दुखाईको औषधि दिए । त्यसपछि मात्र कलाकारले मोडलको आँखाको ज्योति गुमेको थाहा पाए । एलेक्जेन्ड्राको आँखाको ज्योति फर्काउनका लागि उनले तीनवटा सर्जरी पनि गराइन् । तर उनको आँखाको ज्योति फर्काउन सम्भव छैन । त्यहीकारण उनलाई कतै अर्को ज्योति पनि गुम्ने त होइन भन्ने डर छ ।

आइबल ट्याटुलाई स्क्लेरल या कार्नियल ट्याटु पनि भनिन्छ । आइबल ट्याटुमा मानिसको आँखाको सेतो भागमा ट्याटु बनाइन्छ । जसका लागि आँखाको सेतो भागमा अलग अलग किसिमको मसी प्रयोग गरिन्छ । सुइको माध्यमबाट सेतो भागमा मसी लगाइन्छ । केही समय पछि सेतो भागमा रंग फैलन्छ । आइबल ट्याटु बनाउनु एउटा जोखिमपूर्ण काम हो । किनकी एउटा सानो गल्तीले आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ ।