महिला हिंसाविरुद्ध दिनेशको तलाश

काठमाडौं । नेपाली फिल्म ‘तलाश’को छायांकन नेपालको पूर्वी भागमा शुरु भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।

फिल्मका लेखकसमेत रहेका दिनेशले समाजको कुरीति र नारी हिंसाविरुद्धको आवाजलाई प्रस्तुत गर्ने बताए ।