सरु र यमुनासँग निर्मलको बालै फरर

काठमाडौं । गायक निर्मल क्षेत्रीको स्वरमा रहेको गीत ‘बालै फरर’ को भिडियो सार्वजनिक भएको छ । गीतमा निर्मलकै शब्द तथा संगीत छ । उनलाई गीतमा बविना किराँतीले साथ दिएकी छन् । गीतमा याम थापा मगरको संगीत संयोजन छ ।

गीतलाई मारुनी रेकर्ड स्टुडियोमा सुमन रानाले रेकर्ड गरेका हुन् भने मिक्सिङ तथा मास्टरीङ कुमार रानाको छ । निर्मलकै निर्देशन रहेको भिडियोमा सरु धिमाल, यमुना रसाइली फिचर्ड छन् ।

गीमा रैबी डी बेएतसको कोरियोग्राफी रहेको छ । भिडियोमा दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन छ । भिडियोलाई निर्मल क्षेत्री युट्युव च्यानलबाट नै सार्वजनिक गरिएको हो ।