मदानीमा राउटे समुदायकी देविका

काठमाडौं । लोपोन्मुख राउटे समुदायकी मोडल देविका राउटे अभिनित म्यूजिक भिडियो ‘मदानी’ सार्वजनिक भएको छ । देविकाको अभिनय रहेको यो पहिलो म्यूजिक भिडियो हो । गायिका टिका पुन र गायक नविन पौडेलको स्वरमा रहेको गीत डिबि क्रियसनमार्फत सार्वजनिक भएको छ ।

गीतमा युवायुवती विचको त्रिकोणात्मक प्रेमका भावलाई समेटिएको छ । गीतमा देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सिर्जना छ । भिडियोमा देविका राउटे र लोकेश कुँवरको अभिनय छ ।

भिडियोमा अमित विश्वकर्माको छायाँकन, अनुप विश्वकर्माको सम्पादन तथा दीपक साउदको निर्देशन छ ।