लाजको घुम्टीमा श्रीमतिसँग रोमान्टिक अमृत

काठमाडौं । गीतकार तथा समाजसेवी अम्बिका गुरुङको शब्द तथा तथा अमृत क्षेत्रीको संगीत र स्वरमा रहेको गीत ‘लाजको घुम्टी’को भिडियो सार्वजनिक भएको छ ।

प्रेम दर्शाउने मेलोडियस गीतको भिडियोमा गायक क्षेत्री र उनकी श्रीमती संगीता क्षेत्री फिचर्ड छन् । यो जोडीले यसअघि ‘मग–मग’ बोलको गीतमा एकसाथ अभिनय गरेका थिए । भिडियोमा निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

दुई महिना पहिले गायक क्षेत्रीको ‘जहाजै चढेर’ बोलको गीत निकै रुचाईएको थियो । उक्त गीतले परदेशी नेपालीहरुको पीडा बोलेको थियो ।