त्यो रातको कुरा गर्दै दया

काठमाडौं । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गीत ‘त्यो रात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनकै शब्द र संगीत छ । गीतमा वैभव चौधरीको मिक्सिङ छ ।

नर्वेमा छायांकन गरिएको भिडियोमा केटरिन नइबेकन र स्भेन लेङगेन केजरल्याण्डको अभिनय छ । भिडियोमा ओलाभ हानको निर्देशन र सम्पादन छ । गायक शिवाकोटीले यसअघि ‘केटी ओह’, ‘आमा बाबा’, ‘शिकारी’, ‘नडरा’ गीत गीतहरु सार्वजनिक गरिसकेका छन् ।

भिडियोलाई गायक शिवाकोटीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।