अक्षयको फिल्म प्रतिबन्धको माग

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा लागुऔषधको विषयलाई लिएर लामो बहस जारी छ । अभिनेताको मृत्युको अनुसन्धानमा लागु औषध जोडिएपछि यो विषयलाई लिएर सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोणलाई सोधपुछ गरिसकिएको छ । बलिउडमा लागुऔषधको विषयलाई लिएर कलाकारहरुले आ–आफ्नो राय राखिरहेका छन् ।

हालैमात्र अभिनेता अक्षय कुमारले पनि यो विषयमा आफ्नो प्रतिक्रिया दिएका थिए । उनले भिडियोमा बलिउडसँग जोडिएका सबैले लागुऔषध नलिने बताएका थिए । उनको यो भनाईलाई अन्य कलाकारले पनि समर्थन जनाएका थिए । उनले बलिउडमा लागुऔषध समस्या भए पनि सबै कलाकारले त्यसको प्रयोग नगर्ने तर्क राखेका थिए । अक्षयले सेलिब्रेटीको एक पक्षको कुरा बोलेको भन्दै उनको विरोध शुरु भएको छ ।

उनीहरुले अक्षयको आगामी फिल्म ‘लक्ष्मी बम्ब’लाई प्रतिबन्ध लगाउन माग गरेका छन् । यसका लागि उनीहरुले ट्वीटरमा बेनलक्ष्मीबम्ब ह्यासट्याग शुरु गरेका छन् । जुन ट्वीटरको ट्रेन्डिङमा आइसकेको छ । उनीहरुले अक्षयका सबै फिल्म बहिस्कारको माग गरेका छन् ।