नाजिरसँग रोमान्टिक प्रिज्मा र प्रिन्सी

काठमाडौ । गायिका विन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द तथा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।

भिडियोमा जम्ल्याहा टिकटक गर्ल प्रिज्मा र प्रिन्सी खतिवडासँगै अभिनेता नाजिर हुसेन फिचर्ड छन् । सान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारी र उनको समूहको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायिका परियारले यसअघि ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बर’मा लगायतका गीतमा स्वर दिइसकेकी छन् ।