चलते चलते अभिनेता विशालको निधन

मुम्बई(एजेन्सी) । बलिउडमा कैयौं स्टारहरु छन्, जसले भलै स्टारडमको आकाश त छोएनन्, तर उनीहरुको नाम अहिले पनि जोकोहीले सम्झिन्छन् । यस्तै अभिनेतामा विशाल आनन्द पर्छन् । जसको लामो अस्वस्थता पछि आइतबार निधन भयो ।

विशाल सन् १९७६ मा रिलिज फिल्म ‘चलते चलते’का लागि चिनिन्छन् । यो फिल्मको शीर्ष गीत ‘चलते चलते मेरे यह गीत याद रखना’ लोकप्रिय थियो र गीतलाई आज पनि गुनगुनाउछन् । यही गीतबाट प्रख्यात संगीतकार बप्पी लहरीको करियर सही बाटोमा टेकअप भएको थियो । यो फिल्ममा विशालका साथ सिमी अग्रवाल प्रमुख भूमिकामा थिए ।

विशालको वास्तविक नाम भीष्म कोहली थियो । विशाल अभिनेता देव आनन्दका भतिज थिए । अभिनेता पूरब कोहली विशालका भतिजा हुन् । उनले आफ्नो करियरमा ११ फिल्ममा काम गरे, जसमा ‘चलते चलते’, ‘ट्याक्सी ड्राइभर’ र ‘दिल से मिले दिल’ उल्लेखनीय छन् ।