दौलतको दशैं गीत निधारमा टिका

काठमाडौं । दशैंलाई मध्यनजर गर्दै गायक दौलत राईको स्वरमा रहेको ‘निधारमा टिका’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बावुल गिरीको शब्द तथा संगीत रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागि गीतमा आग्रह गरिएको छ ।

भिडियोमा सिम्रन पन्त, मनिष निरौला, दीपिका थापा, विकास शर्मा, रिया श्रेष्ठ, राजु चौधरी, बविता गोले, अनुप खत्री, सन्तोष लामा र अनुप जिम्बाको अभिनय छ ।

भिडियोमा देव धिमालको निर्देशन, रोशन लुँइटेलको छायांकन र विजयराज भुर्तेलको सम्पादन छ ।