अमिताभले सुपरहिट बनाएका विनोद

मुम्बई(एजेन्सी) । बलिउड फिल्म उद्योगमा ७० को दशकलाई स्वर्ण युग मानिन्छ । यो त्यही दशक हो, जुन समयमा बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाको जन्म भएको थियो । उनी सँगै शताब्दीका महानायक अमिताभ बच्चनको जन्म पनि यही समयमा भएको हो । यो समयमा जति कलाकार आए ती सबै एकसे एक थिए । तर उनीहरुमा राजेश र अमिताभको जस्तो सान थिएन ।

७० को पहिलो भाग त राजेशले आफ्नो पक्षमा थिए । त्यसपछि एंग्री यङ मेन अर्थात अमिताभले दर्शकको मन जिते । यही बेला विनोद खन्नाको प्रवेश भयो, जसले शुरुवाती दिनमा भिलेनको चरित्र निभाए पनि त्यसपछि हिरोका रुपमा देखिए । उनले त्यो समयमा अमिताभलाई पनि टक्कर दिएका थिए ।

विनोदको जन्म ६ अक्टोबर १९४६ मा पेशावरमा भएको थियो । उनले करियरको शुरुवात भिलेनका रुपमा गरे । उनले ‘सच्चा झूठा’, ‘आन मिलो सजना’, ‘पूरब और पश्चिम’, ‘रेश्मा और सेरा’ जस्ता फिल्ममा भिलेन चरित्रमा अभिनय गरे । त्यसपछि उनी गुलजार निर्देशित पहिलो फिल्म ‘मेरे अपने’मा देखिए । यो फिल्म दर्शकले निकै मनपराए । अभिनेत शत्रुघ्न सिन्हासँग उनको टक्कर र मीना कुमारीसँगको बोण्डिङ दर्शकका लागि लोकप्रिय बन्यो । त्यसपछि उनी विस्तारै धर्मेन्द्र र अमिताभको अपोजिट सपोर्टिङ भूमिकामा देखिँदै गए ।

जुन समयमा अमिताभ नामको आँधीको अगाडि कोही टिक्दैन थियो, त्यही समयमा विनोद मात्र एक यस्तो अभिनेताका रुपमा अगाडि आए जो उचाईमा पनि अमिताभ जस्तै अग्ला थिए र अभिनय शैली पनि दुवैको करिब उस्तै थियो । तर रोचक कुरा के छ भने अमिताभले नै छोडेका फिल्म विनोदको करियरमा सर्वाधिक हिट साबित भए ।

फिल्म ‘कुर्बानी’का निर्माताहरु अमिताभलाई अभिनय गराउन चाहन्थे । सन् १९८० मा रिलिज भएको यो फिल्ममा अमिताभसँग कुरा नमिलेपछि विनोदले मौका पाए । किनकी त्यो समयमा अमिताभलाई फिल्ममा लिनु एउटा इज्जत नै मानिन्थ्यो । फिल्ममा विनोद जीनत अमानको अपोजिटमा देखिए । फिल्ममा फिरोज खान र अमजद खानको भूमिका पनि सशक्त थियो । फिल्मको गीत ‘आप जैसा कोई मेरी जिन्दगी में आए’ सुपरहिट साबित भयो । यो फिल्म वर्षकै ब्लकब्लष्टर साबित भयो ।