सुटिङपछि घरमा आएर रुन्थे आमिर !

मुम्बई(एजेन्सी) । बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’ को नामले परिचित अभिनेता आमिर खान भारतका टप अभिनेतामध्ये एक हुन् । उनले कैयौं फिल्ममा फरक किसिमको भूमिकामा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् । हालैमात्र आमिरले बेनेट यूनिभर्सिटीको दिक्षान्त समारोहमा पुगेका आमिरले आफ्नो करियरको तुलना बालुवाको घरसँग गरेका थिए ।

‘कयामत से कयामत तक’ पछि मैले कथाको आधारमा करिब आठदेखि नौं फिल्ममा हस्ताक्षर गरें । त्यो समयमा निर्देशकहरु लगभग सबै नयाँ थिए । यी फिल्मले बमबारी शुरु गरिदियो र मलाई मिडियाले ‘वन फिल्म वण्डर’ भन्न थाले । तर मेरो करियर भने डुबिरहेको थियो । यस्तो लाग्थ्यो कि म कुनै हतारोमा छ । म धेरै दुःखी थिएँ र घर आएर रुन्थें,’ आमिरले भनेका छन्, ‘जुन व्यक्तिसँग काम गर्न चाहन्थें, उनीहरुले मलाई लिएनन् । त्यसपछि मैले जुन समयमा फिल्म गरेको थिएँ, त्यो फिल्म राम्रा थिएनन् । कयामत से कयामत तकदेखिको पहिलो दुई वर्षमा मैले कमजोर महशुस गरें । मैले जति वटा फिल्म साइन गरेको थिएँ, ती सबै फिल्म फ्लप भए । त्यसबेला मैले म सकिएको अनुभव गरें ।’ त्यसपछि आमिरले एक महान निर्देशक, महान स्क्रिप्ट र महान निर्माता नमिलेसम्म आफूले कुनै फिल्ममा हस्ताक्षर नगर्ने निर्णय लिएको बताए ।

आमिरले ४४ वर्षको उमेरमा राजकुमारी हिरानीको फिल्म ‘३ इडियट्स’मा एक कलेज छात्रको भूमिकामा अभिनय गरेका थिए । ‘जब निर्माताले मलाई फोन गरेर आफ्नो भूमिकाको बारेमा बताए, त्यो बेला कलेज छात्रको भूमिका कसरी निर्वाह गर्ने भन्ने बारे सोच्नै सकिनँ । म फिल्मको मुख्य विचार ‘सफलताको पछाडि नकुद्नुहोस्, क्षमतालाई पछ्याउनुहास्’ भन्नेबाट प्रभावित भएँ । राजकुमार हिरानीलाई पनि मैले यो भूमिकालाई न्याय दिन्छु भन्ने थाहा रहेछ ,’ आमिरले भनेका छन् ।

आमिर चाँडै नै फिल्म ‘लाल सिंह चड्डा’मा देखिँदैछन् । फिल्मको टिम सुटिङका लागि यतिबेला दिल्लीमा छ । फिल्ममा आमिर खान, करीना कपूर र दक्षिण भारतीय फिल्म अभिनेता विजय सेतुपतिको अभिनय छ ।