दाउत र दीपाको हृदयको आवाज

काठमाडौं । गायक दाउत राई र गायिका दीपा लामाको स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको गीतमा अमर बान्तुको शब्द र गायक दाउतको संगीत छ । गीतमा उदयराज पौडलको संगीत संयोजन छ ।

भिडियोमा अभिषेक श्रेष्ठ र दिपिका लामा ब्लोन फिचर्ड छन् । देवजंग थापाको छायांकन र निर्देशन रहेको भिडियोमा प्रदिप बस्नेतको सम्पादन छ ।

भिडियो गायक राईको अफिसियल च्यानल दाउत राई मार्फत सार्वजनिक गरिएको छ ।