प्रेममानको पुण्यतिथिमा मखु जिं त्वनागु

काठमाडौं । कलाकार प्रेममान चित्रकारको शब्द र संगितकार र गायक सुमन कपालीको स्वरमा रहेको नेपाल भाषाको गीत ‘मखु जिं त्वनागु’ को भिडियो सार्वजनिक भएको छ । दिवंगत गीतकार चित्रकारको ४५ औं पुण्य तिथिको दिन ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । गीतमा फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको संगीत छ ।

भिडियोमा सुरज नापित, विनिता महर्जन, हसना महर्जन, रुक्साना महर्जन, रमन महर्जन र रोहन महर्जन फिचर्ड छन् । विश्वास बज्राचार्यले निर्देशन गरेको भिडियोमा बिजन बज्राचार्यको छायांकन र सम्पादन छ ।

नेपालभाषाको अन्य म्युजिक भिडियो भन्दा अलि पृथक शैलीमा साल्सा, आधुनिक र नेवारी नृत्य समावेश गरेर बनाइएको भिडियोमा राजिव बज्राचार्यको कोरियोग्राफी छ ।